bhim ghimire’s blog

September 1, 2008

old news

Filed under: खबर

Students padlock Purbanchal University offices

BY BHIM GHIMIRE

 

BIRATNAGAR, Aug 12 - Agitating students here at Purbanchal University on Monday vandalized the office of Controller of Examinations and padlocked its Central Office, including the office of Dean of Science faculty.

A group of irate students from Puset College and Koshi Health Engineering College resorted to vandalism and padlocked offices with the demands that the provision of chance examination university should not be scrapped as well as reduction of tuition fees. They also broke the windscreen of a vehicle in the course of protests.

Talking to the Post, examination controller Sushil Kumar Jha said he is not authorized to take decision on his own over the students’ demands as the posts of senior officials have remained vacant for the last several months. "There is no examination committee to change the provision of chance examination and the date of examinations," he said.

The posts of Service Commission Chairman and Registrar at the University have remained vacant for long due to prolonged political wrangling over post sharing among major political parties.

Lately, the post of Science and Technology Faculty Dean has also become vacant as Prof Dr Pradip Raj Pradhan retired this week after his four-year term.

Absence of top officials has badly affected all academic, administrative and financial activities of the University.

Likewise, there has not been an executive council meeting for the last eight months due to the absence of Registrar. This has affected regular activities including budget approval, formulation of annual policy and programs of the University.

Worse still, hundreds of students, who passed their examinations over the last four academic sessions have been deprived of academic certificates due to deferral of the Convocation Ceremony.

KTWR set to restrict bird hunting

BY BHIM GHIMIRE

 

Nov 28 - The Koshi Tappu Wildlife Reserve (KTWR), one of the popular wildlife conservation areas in the eastern Nepal is all set to declare its southern part as restricted area for bird hunting.

"The management of the wildlife reserve had to take such decision to preserve protected species of birds including swans from the local hunters," said Gangaram Singh, a conservation officer at the reserve.

According to Singh, such announcement will be made during the fourth bird festival being held from 2 February 2004 at the reserve. "After the announcement, the visitors will be prohibited from doing any activity that harms the lifestyle of the birds," he added.

Despite such efforts to preserve birds, locals claim that the reserve is not serious enough. According to locals, in number of cases they have registered complaint against the bird hunters, but the reserve has not initiated action against on any of those complaints.

Meanwhile, the fourth bird festival is being organised by the locals in support from private sectors including Aqua Mineral waters and the Nepal Tourism Board, along with the Department of National Parks and Wildlife Reserves.

"We would utilise this festival as a tool to create awareness among local peoples regarding the conservation of wildlife," said Sadanand Mandal, the co-ordinator of the festival organising committee.

The festival would include several programmes including food festival, tree plantation, bird counting, trekking, exhibition of local customs and cultural troops. The programme also includes inter-school quiz and art competition among others.

Koshi Tappu Wildlife Reserve is Nepal’s first wetland enlisted in Ramsar Convention on Wetland that aims to halt the loss of wetlands and to conserve the wetland across the world through wise use and management.

The restricted area covers 8,000 bighas of land that runs from reserve’s western border to the Koshi barrage. The area is a dwelling of several indigenous birds and a stopover of scores of species of travelling birds.

According to the estimates, there are 469 species of birds in the reserve and of these species around 200 types of birds are found in the said restricted areas. The reserve covers 175 square kilometre area of three districts—Sunsari, Saptari and Udayapyur.

Kabya Batika museum underway in Itahari

Filed under: खबर

By Bhim Ghimire

ITAHARI, March 17 : The Academy of Arts in Itahari district has started the construction works of an arts and architecture museum. Aspiring to be the first of its kind in the South Asia itself, the museum is named Kabya Batika. A total of seven institutions are contributing voluntary labour in the construction of the museum, according to concerned sources.

The unique aspect of Kabya Batika is that it features the works of noted artists from various parts of the country and in a way documents the identity of Nepali artists, according to Bikram Shri, the co-ordinator of the Museum Construction Committee and an artist.

Around six bighas of land of a community forest at Pacharakhai of Itahari-5 is allocated for the construction of the museum which will be ready after six months, as informed by Shri.

Presently many artists are working on stone, wood and various other forms of arts to establish themselves in the museum while many more are scheduled to visit the spot to mark their identity.

Artist Babu Lal Sharma has carved a wooden statue in ancient Mugal style and another artist Manjul Miteri is chiselling a stone into a beautiful statue. Still another noted artist Narsh Thulung Rai is carving an image of Lord Buddha on a log of wood.

Another major work in progression is a giant statue of the great poet Laxmi Prasad Devkota. An initiation of Sangeet Sagar Kala Kendra, the statue is developing with stone and marbles as its components. Total cost of the statue is estimated at Rs. 160,000.

"The total cost of the museum is estimated at two million rupees," said the co-ordinator Shri.

Meanwhile, the budding museum is receiving a team of artists from Pokhara including Vatsayan and Buddhi Gurung. The artists are expected to add colour to the museum either with their solo or group works.

Even the locals are excited to see the museum developing in their area. "The museum in the making will get life one day. The artists do not know how to beg so we need every body to help whole heartedly," said Bannu Chaudhari, the out going ward chairman.

July 27, 2008

Dharan’s proud

dharaan

this is Dharan’s newly constructed clock tower. friends like to say in talking time ‘Dharaan is mini Hongkong’. realtion bitween 2 cities , migration & other related thing . we can say Dharan like to feel freedom in fashion.

this tower constructed by HK nepali origin help. after this construction, city looking toomuch phorogenic. anyway , in my mine Dharan is close to my heart.

मचानको भर

security tower

देखिएको मचान मोरङको वरडंगा गाविसको कल्याणपुरमा रहेछ । यहा लुटपाट र चोरीले बस्न हम्मे भएपछि गाउलेको जुक्तिले यस्तो बनाउने फुरेछ । यो अग्लो मचानमा गाउँले राती पालो गर्दै पहरा बस्छन । डाका आएको शंका लागेर यसमा झुण्डयाइएको फलाममा ठोक्छन । अनि आवाजले गाउँले जुट्छन , अनि डाका समातेर कुटछन ।

यति भइकन पनि लुटपाट छिटपुट रुपमा थामिएको भने छैन । विराटनगरबाट करीव ३० किलोमिटर पूर्वमा पर्ने यो ठाउको जनजीवन हेर्दा गाउमा सरकार भएजस्तो लाग्दैन ।

May 11, 2008

Chaild

नानीहरु सबै प्राणीका सुन्दर छन । मान्छे, पशुपंछी र कीटपतंग । माथिको तस्बिर गौंथलीका बचराका हुन । ०६५ बैसाख १७ देखि १९ सम्म तेह्रथुमको सदरमुकाम म्याङलुङ घुम्न पाइयो । पुगेको साँझ हामी बसेको होटल सामुन्ने अर्को होटलको मुलद्धार माथि गुँड रहेछ । विहान ७ बजे विराटनगरबाट हिडेका हामी भेडेटार र हिलेमा थामिएर म्याङलुङ पुग्दा साँझको ६ बजेको थियो । होटलमा ब्याग थन्क्याएर घुम्न निस्कदा गौथलीले बचरालाइ चारो ल्याउदै ख्वाउदै गरेको देखियो । म हतपत कोठा फर्किए , अनि क्यामेरा लिएर निस्के । निकै छिटो आउने र चारो खुवाइ फिर्ने गौथलीको क्रियाकलाप मोहक थियो । माउले ख्वाउदै गरेको खिच्न सकिएन । कारण म्यानुअल फोकस भएको ३०० एमएमको लेन्स चलाउनु परेको थियो र मैले क्यामराको इनबिल्ट फ्ल्यास चलाएको थिए । अनि माउ यति छिटो थियो कि कुनै कुनै क्याप्चर भएका सटमा पनि स्पीड मिलाउन हम्मे भयो । मैले त्यो दौरान सुट गरेका सबै फोटो ब्लगमा हालेको छैन ।
जे होस आफुले खोजेर खाने नहुन्जेल चारो खुवाउने परम्परा मान्छे, पशु र पंछीमा उस्तै छ । चारवटा बचरामध्ये जसले चारो पाउँथ्यो उ केही संयमित देखिन्थ्यो भने अरु चुचो खोलेर चिच्याउँथे ।

March 23, 2008

festival of colour- Holi

March 1, 2008

अठार दिनपछि

१८ दिनपछि आजबाट सवारी र बजार सुचारु भएको छ । सातवटा संगठनको जातीय मोर्चा र मधेसवादी दलको आह्वानमा भएको आमहड्तालका कारण पूर्वी तराइ र पहाडको जनजीवन कष्टकर बनेको थियो । आजदेखि फेरि सडकमा गाडी देखिए । बजारमा चहलपहल सुरु भयो । आज अहिले ब्लगमा लेख्दासम्म विराटनगरमा कुनै जुलुस देखा परेको छैन ।

विरोध गर्ने सस्ता तरिकामा हामी धेरै जान्ने भएका छौ । हिजो विराटनगरको १९ र २० नम्बर वडामा पर्ने भट्टीमोडदेखि बैंक चोकसम्मको क्षेत्रमा तनाव थियो । त्यहा बजार बन्द गराइयो । ढिलो थाहा भयो, बन्द गराउने भीडले एउटा होटलमा लुटपाट गरि रक्सीका बोतल लुटेर लगे रे । उनीहरुले करीव ४० हजारको रक्सीमा हात साफ पारेछन । कारण थियो -कुनै युवकले छिमेकीको घरमा ढुङ्गा हानेको ।

अस्ति राती ११ बजे । म बाइकमा घर जादै थिए । बैंक चोकदेखि मान्छेहरु घर बाहिर निस्केका थिए । आइमाइ, केटाकेटी अनि रिसाएका युवा । समूह-समूहमा युवाहरु आक्रोशित देखिए । अन्य दिनको पनि मेरो घर पुग्ने समय त्यही थियो । तर ती दिनमा बाटोमा भुस्याहा कुकुरबाहेक छिटपुट रिक्शा भेटिन्थे । सडक सुनसान हुन्थ्यो । सडकभरि मान्छे देखेर छक्क लाग्यो । अघि बढदै जादा एउटा भीडले रोक्यो र भन्यो - दाइ हाम्रो कुरा सुन्नोस । त्यो फोरमले त्यस्तो गर्न पाउछ -

कुरा सुनाइयो । तरिका थरि थरिको थियो । राजधानीमा मधेसवादी दलको मोर्चा र सरकारबीच सहमति भएको समाचार सुनेर शम्भु भन्ने केटोले छिमेकको घरमा ढुङ्गा हान्यो रे । अनि त्यसलाइ कार्वाही हुनुपर्छ भन्दै भीड निस्किएको मलाइ सुनाइयो । अनि भनियो -तपाइले यो मिडियामा लानुपर्छ । भीडमा रहेकामध्ये कतिपय मैले चिनेकै अनुहारहरु थिए ।

मैले सुनरिहे । उनीहरु पालैपालो करीव १० मिनेट बोले । मैले बोलिन । त्यहा मैले बोल्ने आवश्यकता थिएन । किनकि उनीहरुमा सुन्ने धैर्य रहेको देखिएन । अन्तमा उनीहरुले भने -भोली खुकुरी जुलुस । म अघि बढें । त्यहा दुइ लहरमा प्रहरी उभिएका थिए । उग्र भीडमा केही केही रक्सी खाएकाहरु पनि थिए । त्यसैले प्रहरी निरीक्षकलाइ मैले सोधे -दाइ , अब के गर्नुहुन्छ - उनले भने -खै के गर्ने गर्ने । पक्राउको आदेश थिएन । उनी अन्यौलमा रहेछन । कुट्न भएन । सम्झाउन सकिने अवस्था थिएन । म घर पुगे ।

शुक्रवार विहान करीव ४/५ वटा फोन आयो । आन्दोलनकारीको जुलुस र बन्दको फोटो खिच्न समाचार लिन आउनु भन्ने आग्रहका साथ ।

उग्र भीडले मिल्सएरियाको बजार बन्द गराएछ । अनि जुलुस निकालेछ । एउटा व्यापारीले बेच्न लैजादै गरेको माछा पोखिदिएछ । मधेसवादी दलको लामो बन्दमा पनि खुला रहेको मजदुर बस्तीको सानो बजार त्यही कारण दिनभर बन्द भयो । ढुङ्गा हान्ने युवकलाइ बोलाएर माफ माग्न लगाइएको प्रहरीले सुनायो । मलाइ तनावको कारण सुनेर - सोचेर कुरी कुरी लाग्यो । ढुङ्गाले कोही घाइते भएको थिएन । म कस्तो ठाउ"मा बस्छु । कहा मेरो घर छ । हुन त देस सोचेर पनि यही हुन्छ । तापनि मजदुर बस्तीको नियति । जे होस । शनिवार खुलेको छ ।

राजधानीमा वार्तामाथि वार्ता भएको छ । सातमध्ये दुइवटा समूह सहमतिमा नआएपनि अन्यले निर्वाचनमा जानेमा सहमति गरेका छन । मधेसवादी सशस्त्र समूह वार्तामा गएका छैनन । सरकारले उनीहरुको चित बुझाउन सकेको छैन । जे होस निर्वाचन हुनुपर्छ । सबैले अधिकार र अवसर पाउनुपर्छ । तर आफ्नो अधिकारप्राप्तिको लडाइमा अरुलाइ बाधा दिने प्रवृति घटोस ।

विराटनगरको धरान रोडमा सफाइमा खटिएका सडक कर्मचारी । १८ दिनपछि यहा यातायात सुचारु भएको छ । आन्दोलनकारी र प्रहरीबीच ढुङ्गा हानाहान चल्ने सडक कुनै बेला ढुङ्गा थुप्रिदा ग्राभेल जस्तै लाग्थ्यो । मधेसवादी दल र जातीय मोर्चाको आन्दोलन स्थगनपछि सडकमा गाडी कुदन थालेका छन् ।

February 26, 2008

उदासिनताले निस्कन्न निकास

मधेसवादी दल र जातीय मोर्चाहरुको आहवानमा जारी आमहडतालको आज १४ औं दिन हो । बजार-पसल, यातायात बन्द छ । जनजीवन कष्टकर छ । आन्दोलनकारीको माग जे सुकै होस छाडिदिउँ । किनभने अब चर्चा गरिरहदा उपयुक्त हुदैन । कारण - जसबाट पुरा गराउनुपर्ने हो उसले भनेको छ सबथोक दिएपनि मानेनन । चुनाव सार्ने प्रस्ताव आयो , अनि कुरा मिलेन ।

उनीहरु जनताका लागि लडेका होइनन कि भन्ने लाग्दै आएको छ । अनि सरकार । उ त झन कहिल्यै संवेदनशील बन्न सकेन । हडतालले राजधानीमा पेट्रोलियम पदार्थको अभाव भयो । कर्फ्यु लगाएर भएपनि तेलको ढुवानी भयो । केही दिन यसले थेग्ला । तर यो दुरगामी समाधान होइन ।

मुलुक संघीयता र आत्मनिर्णयको अधिकारसहित संविधानसभामा प्रतिनिधित्वको सुनिश्चितताको आन्दोलन खेपिरहेका बेला सर्वसधारणको दिनचर्याप्रति नेताहरुमा उदासिनता देखिएको छ । पर्याप्त विजुली, तेल, पानी छैन । बजार ठप्प छ । किनमेलमा यस्ता बेला महगीले आकाश छुनु नौलो रहेन । यात्रा गर्न पाइदैन । के मुलुक यसरी चल्छ । प्रश्नले दुख्छ ।

सबैले सता चलाउने होइन । मलाइ लाग्छ - मुलुक बिग्रिएको केन्द्रीकृत शासन व्यवस्थाले हो । यसमा परिवर्तन आवश्यक छ । हरेक निर्णय सिंहदरवारले गर्छ । काठमाडौं खाल्डोले गर्छ । उसैलाइ सबथोक चाहिन्छ । त्यहा अवसर थुप्रिएका छन । सबैले त्यहा पुग्नुपर्ने बाध्यता बनेको छ ।

निश्चय पनि विकासमा चरणमा मान्छे गाउबाट सहर आउछ । सहरबाट अझ ठूला सहर अनि मुलुकको फडको मार्छ । तर यस्तो कहिलेसम्म चल्ने । अवसरको विभाजन हुनुपर्छ । सर्वसाधारणले राख्ने चाहना शासन कस्तो र कसले चलाउने भन्दा बढि जीवन चलाउने आधारभूत कुरा सुलभ हुनुपर्छ भन्ने हो । आधारभूत कुरा पुरा भएपछि देश चिन्तन हुन सक्दछ । जनतालाइ आधारभूत सुविधा दिन नसक्ने सरकारको कामले सार्थकता पाउन सक्दैन । यसर्थ निकास चाहिन्छ ।

गत साता आन्दोलनकारीमध्येका एक ठूटे नेता भेट भए । उनलाइ सोधियो । जनतालाइ दुख नदिइ आन्दोलन हुन सक्दैन । अनि राज्यसग माग भएपछि त्यसका सबै संयन्त्रलाइ ठप्प पारे हुदैन । जनतालाइ दुख दिएर भोली उनीहरुकै भोट चाहिन्छ चाहिदैन । उनको उतर सजिलो थियो - हामी केही गर्न सक्दैनौ , बडका नेताहरु जे भन्छन त्यही हुन्छ । ठूलालाइ भन्नुस ।

वर्षेनी थपिएको श्रमशक्तिका लागि रोजगारीको क्षेत्र छैन । विकसित राष्ट्रका सुविधा उपभोगको बानी हामीलाइ परिसकेको छ । अनि आय नभएपनि फुर्मासको बानीले कस्तो विकास ल्याउछ । एउटा समान्य पियन पनि छोरा छोरी खर्च गरेर राम्रै स्कुलमा पढाउन चाहन्छ । उसको तलबले पुग्दैन । अनि उ बाटो बिराउछ भने तीभन्दा ठूला पदकाहरु कसरी बिग्रिएका छन , भो विश्लेषण नगरौ । सरकारी संयन्त्र कमिशन र टेबुलमुनि पल्केको मुलुक । अनियमितता गर्नेमाथि कार्वाही हुदैन । कानून बन्द व्यवहारमा लागु हुने कमजोरलाइ मात्र छ ।

परिस्थिति विचार गर्दा हरेकले आन्दोलनकारी बन्न सक्दछ । अनि जुनसुकै माग राखेर आन्दोलन गरौ सजिलो छ कार्यकर्ता जुटाउन । सरकार किन गम्भिर हुदैन ।

आन्दोलनकारीले राखेका माग पुरा हुन सक्नेभए पुरा गरिनुपर्छ । सकिदैन भने सरकारसग सबै उपाय छन । उ शक्तिसम्पन्न छ । बाटो खोज्नु बेस हो । चुप लागेर बसिरहदा व्यवस्थाप्रतिको वितृष्णाले ठूलो रुप लिन सक्छ । अनि जति राम्रो व्यवस्था भनेर लोकतन्त्रको गीत गाएपनि त्यसका सबै अन्तरा पुरा होलान भन्न सकिन्न ।

ब्लगमा लेख्दालेख्दै खबर सुन्न पाइयो । आज फेरि बालुवाटारमा आन्दोलनकारी मधेसवादी मोर्चा र सरकारबीच वार्ता चल्दैछ रे । राम्रो आओस खबर ।

February 18, 2008

continue protest- Madhesh

some picture from Biratnagar. this is 6 th day of strike.

daily routine- protest, mass meet n demontrations.

roads empty- only way to trip bycycle or Rikshaw.

passengers waiting flight at biratnagar airport. only way to go long trip. daily minimum 300 pipul going through flight.

cycle vendore- pipuls vegetable supplier.

February 15, 2008

लोकतन्त्रस्थापनापछि पूर्वमा बन्द

Filed under: खबर

-सरस्वती कार्की लोकतन्त्र स्थापनापछि पूर्वाञ्चलमा ३ सय ३३ दिन बन्द र हडताल भएको छ । २०६३ बैशाख १२ गतेदेखि पुस मसान्तसम्म तथा २१ महिनामा पूर्व क्षेत्रमा १ सय ४९ पटकमा ३ सय ३३ दिन बन्द भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । बन्द एक घण्टादेखि लिएर सबैभन्दा बढी फोरमले लगातार २४ दिनसम्म गरेको छ । राजमार्ग, उद्योग, बजार, शिक्षा, कृषि, अस्पताल लगायतका क्षेत्रहरु बढी प्रभावित भएका छन् । क्षेत्र, अञ्चल, तर्राईका जिल्ला, पहाडी जिल्ला, जिल्लाको एक क्षेत्रमा पर्ने र अर्को क्षेत्रमा नपर्ने प्रकृतिको बन्दले सबैभन्दा ठूलो असर यातायात व्यवसायीलाई परेको छ । बन्द गर्ने अग्रस्थानमा जनतान्त्रिक तर्राई मुक्तीमोर्चा -गोइत समूह) ले सात पटकमा ४८ दिन बन्द गरेको छ । मधेशी जनअधिकार फोरमले १२ पटकमा ४७ दिन बन्द गरेको छ । माओवादी र त्यसको भातृ संगठनले १७ पटकमा २६ दिन बन्द गरे । जनतान्त्रिक तर्राई मुक्ती मोर्चाले आठ पटकमा २६ दिन, यातायात व्यवसायीले १५ पटकमा २२ दिन, नौ पटकमा १७ दिन जनतान्त्रिक तर्राई मुक्तीमोर्चा -ज्वाला समुह) ले बन्द गरेको छ । र्सबसाधारणले १६ दिन, संघिय बिद्यार्थी युवा मञ्चले १३ दिन, मधेशी मुक्ती टार्इगर्सले १३ दिन, बिद्यार्थीले १३ दिन र दलित जनजाति महासंघले १२ दिन बन्द गराएका छन् । अन्य समूहले त्यो भन्दा कम गरेका छन् । बन्द गर्नेहरु अज्ञात, घर झगडा हुदा दम्पत्ती हुदै, सरकारमा बसेका दलहरु सहित ४० वटा भन्दा बढी समूहहरुले गरेका छन् । कहिले पूर्ण त कहिले आंशिक भएपनि पूर्वाञ्चलवासीले २९ दिन नेपाल बन्दको सामना गरे । ३९ दिन तराइ तथा मधेश बन्द र ११ दिन लिम्बूवान क्षेत्र बन्दको सामना गरे । सात राजनीतिक दलका भातृ संगठन र माओवादी, एमाले, नेपाल सदभावना आनन्दीदेवी पार्टीहरु बन्द गर्नमा अछुतो रहेनन् । सिराहामा २ सय २६ दिन बन्द र हडताल भएका छन् । सप्तरीमा २ सय तीन दिन बन्द भयो । सुनसरीमा १ सय ९३ दिन, मोरङमा १ सय १० दिन, झापामा ८९ दिन बन्दहरु भए । उदयपुरमा ७३, धनकुटामा ४९, इलाम ५२, ताप्लेजुङ र पाचथरमा ४८ दिन भयो । तेह्रथुममा ४५, भोजपुरमा ३३ दिन बन्द भएको छ । बन्द र प्रभाव कम पर्ने जिल्लाहरु संखुवासभा, ओखलढुंगा, खोटाङ र सोलुमा २४ दिन परेको छ । तराइमा भएको बन्दको कारण खाद्य बस्तु नपुग्दा समस्या भने भोग्नु परेको छ । बन्दकर्ताले आफ्ना माग पूरा गर्न महेन्द्र, कोशी, मेची राजमार्ग र जिल्लाका भित्रि सडकहरु गरी ३ सय १६ दिन राजमार्गलाई रोजे । पर्ूव नेपाल यातायात संघका अनुसार पूवाञ्चलमा एकदिन बन्द हुँदा १ करोड २१ लाख रुपैयाँ घाटा बेहोर्नु पर्छ । बस र माइक्रो बसगरी पूर्वाञ्चलका तीन अञ्चलमा २ हजार २ सय सवारी साधन संचालित छन् । कोशीमा १ हजार, मेचीमा ७ सय र सगरमाथामा ५ सय सवारी साधन छन् । बन्दमा ती गाडीका ६ हजार ६ सय कर्मचारीले पाउने प्रतिदिन भत्ता ३९ लाख ६० हजार रुपैया पाउदैनन् । न्यूनतम करिब ७० हजार जना यात्रुहरुलाई प्रत्यक्ष असर पर्छ । त्यस्तै मोरङ सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगमा कार्यरत करिब ५० हजार भन्दा बढी मजदुर प्रभावित हुने सुनसरी ट्रेड युनियनका सचिव अयुब हुसेनले बताए । बन्दले दैनिक २६ हजार भन्दा बढी दुध संकलन ठप्प भएको बिराटनगर दुग्ध बितरण आयोजनाले बतायो । बन्द नहुदा धनकुटाबाट दैनिक ७ हजार र इलामबाट १९ हजार लिटर दुध बिराटनगरमा आउछ । पूवाञ्चलको उद्योग व्यापारमा दैनिक करिब १० करोड रुपैयाँ घाटा सहनु परेको व्यापारीहरु बताउछन । सिंधुवास्थित कोशी बहुउद्देश्यीय तरकारी संकलनकेन्द्रका अनुसार मुलुक मै बेमौसमी तरकारी उत्पादन गरी विदेश निकासी गर्ने धनकुटामा दैनिक करिब दश क्वीन्टल तरकारी भारतका निकासी हुन सकेन । ‘ दिनै हामीले तरकारी कुहिएर फाल्नु पर्‍यो’ केन्द्रका व्यवस्थापक मेगेन्द्र गुरुङ्गले भने । सप्तरी र सिराहामा कृषकले आप र तरकारी बिक्री गर्न नपाएपछि लाखौं मुल्यको आप र तरकारी फाल्न बाध्य भए । औषधी पुर्‍याउन नसक्दा झाडा पखालाबाट सप्तरीमा एकसातामा चारजनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सप्तरीका अधिकृत राकेश ठाकुरले जनाए । माग प्राप्त गर्नका सरकार तथा स्थानीय प्रहरी प्रशासन र सम्बन्धित निकायहरुलाई दबाद दिन, सम्झौता कार्यान्वयन गर्न तराइमा दैनिक झै गठन हुने समुहहरुले आफूलाई परिचित गराउन, घट्नाहरुको बिरोध गर्न र बन्द बिरुद्धमा बन्द गरिएको पाइएको छ । यातायाय व्यवसायीहरुले बन्द बिरुद्धमा बन्द गरे ।

बन्दका पटक र दिन

  • १ सय ४९ पटकमा गरी ३ सय ३३ दिन बन्द र हडताल ।

कसले कति दिन बन्द गरे -

  • जनतान्त्रिक तर्राई मुक्तीमोर्चा -गोइत समूह) सात पटकमा ४८ ।
  • मधेशी जनअधिकार फोरमले १२ पटकमा ४७ ।
  • माओवादी र त्यसको भातृ संगठनले १७ पटकमा २६ ।
  • जनतान्त्रिक तर्राई मुक्ती मोर्चा आठ पटकमा २६ ।
  • यातायात व्यवसायीले १५ पटकमा २२ ।
  • जनतान्त्रिक तर्राई मुक्तीमोर्चा -ज्वाला समुह) ले नौ पटकमा १७ र्
  • र्सबसाधारणले १६।
  • संघिय बिद्यार्थी युवा मञ्चले १३ ।
  • मधेशी मुक्ती टार्इगर्सले १३।
  • बिद्यार्थीले १३ ।
  • दलित जनजाति महासंघले १२ ।

जिल्ला बन्द

  • सिराहामा २ सय २६ दिन बन्द ।
  • सप्तरीमा २ सय तीन दिन ।
  • सुनसरीमा १ सय ९३ दिन।
  • मोरङमा १ सय १० दिन।
  • झापामा ८९ दिन ।
  • उदयपुरमा ७३ दिन ।
  • इलाम ५२ दिन ,
  • धनकुटामा ४९ दिन ।
  • ताप्लेजुङ र पाचथरमा ४८ दिन ।
  • तेहृथुममा ४५ ।
  • भोजपुरमा ३३ दिन ।
  • बाकी जिल्लाहरुमा २४ दिन बन्द भएका छन् ।

Get free blog up and running in minutes with Blogsome
Theme designed by Jay of onefinejay.com